FAQs Complain Problems

समाचार

चापाकोट नगरपालिकाको संक्षिप्त परिचय

स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारको निती २०७३/११/२७ को निर्णयानुसार यस नगरपालिकाको गठन भएको हो । संघियता लागु भए संगै साबिकको २०७१/०१/२५ को मन्त्रिपरिषदको निर्णय अनुसार चापाकोट, कुवाकोट र रत्नपुर गा. बि. स. मिलेर बनेको चापाकोट नगरपालिका ( जसमा १४ वटा वडा थिए ) मा पकवादी गा. बि. स. को ८ नं वडा, मल्याङ्गकोट गा. बि. स.को ८ वटा वडा, सांखर गा. बि. स. र सेखाम गा. बि. स. थपेर बनेको हो गठन भएको यस नगरपालिका मा हाल १० वडा रहेका छन्। भौगोलिक रुपले सुन्दर नगरी चापाकोट नगरपालिका जसको क्षेत्रफल १२०.५९ वर्ग कि. मि. र जनसंख्या २६०४२ रहेको छ । यस चापाकोट नगरपालिकाको पुर्वमा तनहु जिल्ला, पस्चिममा गल्यांग नगरपालिका स्याङ्गजा, उत्तरमा हरिनाश गाउँपालिका र विरुवा गाउपालिका स्याङ्गजा र दक्षिणमा पाल्पा जिल्ला रहेकोछ । समुन्द्र सतहवाट करिव ४६५ मिटर उचाईमा रहेको यस नगरपालिकाको तापक्रम न्युनतम ६ डिग्रि र अधिकतम ३५ डिग्री सेल्सीयस रहेको छ । यस नगरको अवस्थिति ८३ डिग्री ४९ मिनेट पुर्वि देशान्तर देखि ८३ डिग्री ८२ मिनेट पुर्वी देशान्तर र २७ डिग्री ५४ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री ९० मिनेट उत्तरी अक्षांश फैलिएको छ । बिद्युत , खानेपानी, यातायात, शैक्षिक संघसंस्था र संचारको विकाश सामान्य रुपमा रहेको यस चापाकोट नगरपालिकाको केन्द्र साविक चापाकोट नगरपालिकाको गा.वि.स केन्द्र मा रहेको छ । विश्वको एकमात्र शालिग्राम पाईने कालिगण्डकी नदि यसै नगरपालिकाको दक्षिणी बाटो भएर वग्दछ उत्तर तर्फ ज्याग्दी खोला कलकल बगेको छ जसमा ज्याग्दीको सभ्यता लुकेको छ । सांस्कृतिक र पर्यटन को प्रचुर सम्भावना बोकेको भएतापनि पक्कि मोटरवाटो हुन नसकेको यस नगरपालिकामा अहिले करिव ५ किलोमिटर भन्दा बढि कालोपत्रे सडक वनिसकेको छ । अधिकांश भुभाग तराई जस्तो समथर रहेता पनि यस क्षेत्रमा उचित सिचाई तथा खानेपानिको अभावले कृषिजन्य क्षेत्रको उत्पादनशिलमा प्रभावकारिता ल्याउन सकिएको छैन यद्यपी यो विषयमा उल्लेख्य रुपमा सुधार भएको छ l

 

के तपाईले चापाकोट नगरपालिकालाई तिर्नु पर्ने कर तिर्नु भयो । समयमै कर तिर्नुहोस् जरिवाना वाट वच्नुहोस् । नगरपालिका क्षेत्र भित्र घर, टहरा, कम्पाउण्डवाल, निर्माण गर्दा नगरपालिकाले निर्धारण गरेको सडक मापदण्ड छाडेर मात्र निर्माण गर्नु होला, तपाईको सुझाव र सल्लाहको अपेक्षा गरिएको छ । कर तिरेर नगर विकासमा तपाईको योगदानको अपेक्षा गरिएको छ ।